वस्तुबजार नियमावली अन्योलमा

 
  • अनिल परियार
 
मंसिर ८, ललितपुर
 
मंसिर पहिलो सातादेखि कार्यन्वयनमा ल्याउने भनिएको वस्तुवजार/कमोडिटीज एक्सचेन्जको नियमावली फेरि अन्योलमा परेको छ । धितोपत्र वोर्ड ऐनलाई नै संसोधन गर्ने या नयाँ नियमावली बनाउने भन्ने सम्वन्धमा प्रतिनिधिवीच कुरा मिल्न नसकेपछि कार्यान्वयनमा आउनेबारे अन्योल वढेको हो । सरकारी कर्मचारीवीचमा नै मतभेद देखिएपछि कमोडिटीज एक्सचेन्जको नियमावली लामो समय देखि अर्थमन्त्रालयको उच्चस्तरिय वित्तिय समन्वय समितिमै अड्किएको छ । यता नियमावलीमा विवाद भएपछि कमोडिटीज एक्सचेन्जमा हुने कारोवार अहिले ठप्प भएको छ ।
 
६ वर्षदेखि नियमावली बिना नै संचालनमा आएको कमोडिटीज एक्सचेन्जमा दैनिक ५ करोड रुपैया भन्दा वढी कारोवार हुदै आएको थियो । नियमावली नहुदा सयौले कमोडिटिज मार्केटबाट लाखौ रुपैया गुमाएका छन् । कमोडिटीज एक्सचेन्जमा अनियमितता र कारोबार नै ठप्प भएपछि लगानीकर्ताहरु पँुजी बजारमा आकर्षित हुन थालेको धितोपत्र बोर्डका निर्देशक नवराज अधिकारीले जानकारी दिनुभयो ।

Like us on Facbeook

Post Comments