विज्ञापन

कक्षा ११ को रिजल्ट आयो

कास, मंसिर २६

उच्च माध्यमिक शिक्षा परिषदले गत वैशाख–जेठ महिनामा संचालित कक्षा ११ को परीक्षाफल केहिबेर अघि प्रकाशित गरेको छ । भक्तपुरको सानोठिमी स्थित परिषद कार्यालयका बसेको परीक्षा समितिको बैठकले कक्षा ११ को विज्ञान, मानविकी, व्यवस्थापन र शिक्षा शास्त्र संकायको परीक्षाफल प्रकाशित गर्ने निर्णय गरेको हो ।

 

परिषदका उपाध्यक्ष हेमकुमार मिश्रका अनुसार नियमित तर्फ कुल २ लाख ८३ हजार ३ सय ५९ परीक्षार्थी मध्ये १ लाख १४ हजार १९ परीक्षार्थी उत्तिर्ण भएका छन् । यो कुल परीक्षार्थीको ४० दशमलव ३८ प्रतिशत हो । गत वर्ष भन्दा यो वर्ष ० दशमलव ६२ प्रतिशत बढी विद्यार्थी उत्तिर्ण भएका छन् ।

गत वर्ष ३९ प्रतिशत परीक्षार्थी उत्तिर्ण भएका थिए । उपाध्यक्ष मिश्रले परीक्षामा अनियमित गरेका २ सय ८९ परीक्षार्थीको परीक्षाफल रद्द गरिएको र १४ जनाको स्थगित भएको बताउनुभयो । यस्तै, आंशिक तर्फ कुल १ लाख ५८ हजार ६ सय ८९ परीक्षार्थी मध्ये ५१ हजार ५ सय २५ परीक्षार्थी उत्तिर्ण भएका छन् ।
 

Like us on Facbeook

Post Comments