विज्ञापन

नागरिक मुख्यालयमा आक्रमण

कास, पुष ५


अज्ञात समुहले काठमाडौं सुन्धारास्थित नागरिक दैनिकको केन्द्रिय कार्यालयमा तोडफोड गर्नुकासाथै पत्रकार कर्मचारीमाथि आज अपरान्ह आक्रमण गरेको छ । नागरिक दैनिकको भगिनी प्रकाशन शुक्रबारमा प्रकासित सामग्रीलाई लिएर आपत्ति जनाउन गएको करिव ७० जनाको समुहले आक्रमण गरेको हो । आक्रमणबाट प्रधानसम्पादक किशोर नेपाल सहित ७ पत्रकार कर्मचारी घाइते भएका छन् ।

 

नेपाल पत्रकार महासंघ रिपब्लिक मिडिया शाखाका अध्यक्ष थीरलाल भूषालका अनुसार आक्रमणमा पत्रकारहरु विश्वमणी पोखरेल, सुदर्शन सापकोटा, स्वरुप आचार्य, रिसेप्सनिस्ट सविना श्रेष्ठ र केहि सुरक्षा गार्ड घाइते भएका छन् । आक्रमणकारी समुहले शिवसेना नेपालको नाममा नारा लगाएको शाखा अध्यक्ष भूषालले जानकारी दिनुभयो ।

Like us on Facbeook

Post Comments