विज्ञापन

ध्रुबेको खोजी जारी

कास, पुष ५

चितवन राष्ट्रिय निकुञ्जले मानव वस्तीमा प्रवेश गरी आतंक मच्चाएको ध्रुबेहात्ती मार्ने प्रयास जारी आज पनि जारी राखेको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत झमक कार्कीले हात्ती निकुञ्जको पश्चिम सुखीभार क्षेत्रमा रहेको र रेडियो कलरका आधारमा पछ्याउने काम भईरहेको बताउनुभएको छ । यसअघि सो हात्तीलाई गोली लागेको बताईए पनि उहाँले त्यस्तो नभएको स्पष्ट पार्नुभयो । हात्ती भएको स्थान मात्रै पहिचान भएको उहाँको भनाई थियो ।

 

यता, हात्ती मार्नुपर्ने लगायत माग गर्दे प्रदर्शनमा उत्रेका माडीक्षेत्रका स्थानीयले आज मृतक बोटे दम्पत्तिको शब बुझ्ने भएका छन् । बिहान दलका स्थानीय प्रतिनिधि सहितको सर्वपक्षीय बैठकमा अन्य माग पुरा गर्न सरकारसंग पहल गर्ने स्थानीय प्रशासनको आश्वासन पछि उनीहरु शब बुझ्न राजी भएका हुन् । यसअघि हिजो सदरमुकाममा भएको वार्ता अस्वीकार गरेका उनीहरुसंग आज बिहान फेरी छुट्टै वार्ता भएको थियो ।

Like us on Facbeook

Post Comments