विज्ञापन

नेप्से लगातार उकालो लाग्यो

कास, पुष ११
 
नेपाल स्टक एक्स्चेञ्जमा आवद्ध कम्पनीहरुको शेयर कारोबारबापक नेप्से आज दोहोरो अंकले बढेको छ । नेप्से १० दशमलव ८४ अंकले बढेर ५ सय ३६ दशमलव ५१ अंकमा पुगेको हो । एक्स्चेञ्जमा आवद्ध सबै समुहको परिसुचक उकालो लागेपछि नेप्से प्रभावित भएको हो ।
 
कारोबार रकममा पनि वृद्धि भएको छ । आज कुल ८१ कम्पनीको १ हजार ८ सय ९२ कारोबारबाट १९ करोड १५ लाख ४७ हजार ३ सय १३ रुपैंया बराबरका ५ लाख ५ हजार ८ सय ८२ कित्ता शेयर खरिदविक्रि भएको स्टक एक्स्चेञ्जले जनाएको छ । 
 

Like us on Facbeook

Post Comments