विज्ञापन

धुलिखेलमा कैदीको मृत्यु

 
पुष १२, काठमाडौं
 
जिल्ला कारागार काभ्रेको धुलिखेलमा गएराति एकजना कैदीको मृत्यु भएको छ । उनको मृत्यु हुनुको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार चोरी अभियोगमा कैद भुक्तान गरिरहेका रसुवा धैवुङ–१ का १९ वर्षीय कुमार नेपालीको मृत्यु भएको हो । उनलाई कारागारभित्र मानसिक सन्तुलन बिग्रेकालाई राख्ने स्थानमा राखिएको थियो ।  केही अगाडि रसुवा कारागारले मानसिक सन्तुलन बिग्रेको भन्दै उनलाई काभ्रे कारागार पठाएको हो । उनलाई अदालतले १८ महिना कैद १ लाख ८ हजार बिगो जरिवाना तोकेको थियो । २०७० जेठमा उनको कैद भुक्तान हुँदै थियो । 
 

Like us on Facbeook

Post Comments