विज्ञापन

यस्तो पनि हाम्रो नेपालमा !

  • मकर श्रेष्ठ
भक्तपुर, पुष १२
 
भक्तपुरस्थित अरनिको राजमार्ग आसपासका होटल र रेष्टुरेन्टको कोठामा चुकुल लगाएर बस्न नपाइने भएको छ । होटल र रेष्टुरेन्टमा हुने अनैतिक कार्य रोक्न प्रहरी र होटल ब्यवसायीले सो नियम बनाएका हुन् । प्रहरी र अरनिको पर्यटन व्यवसायी संघबीच आज भएको छलफलमा महिला कर्मचारीलाई बिहान र दिउँसोको समयमा सरसफाई बाहेक अन्य काम लगाउन नपाउने लगायत १२ बुँदे सहमती भएको हो ।
 
सो निर्णयसंगै महिलाले खाना पकाउने लगायत अन्य काम समेत गर्न नपाउने भएका छन् । यस्तो व्यवस्था जगातीदेखि साँगासम्मका होटल र रेष्टुरेन्टमा लागू गरिने प्रहरीले जनाएको छ । बैठकमा महिलालाई होटल तथा  रेष्टुरेन्टमा अनैतिक कार्यमा लगाए र वोलाएर अनैतिक कार्य गराए होटल व्यवसायीको सदस्यता स्वत: खारेज हुने निर्णय पनि बैठकले गरेको छ । 
 

Like us on Facbeook

Post Comments