बारको अध्यक्षमा कार्की

कास, माघ ४ 
नेपाल बार एसोसिएसनको अध्यक्ष पदमा प्रगतिशिल गणतान्त्रिक गठवन्धनका हरीकृष्ण कार्की विजयी हुनुभएको छ । आफ्ना प्रतिद्धन्द्धी प्रजातान्त्रिक समुहका शेरबहादुर केसीलाई ७५ मतले पछि पार्दै कार्की अध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । एमाले र एकीकृत माओवादी सम्वद्ध संगठनको गठवन्धनवाट अध्यक्ष वनेका कार्कीले ३ हजार २ य ५७ मत प्राप्त गर्नुभयो भने उहाँका निकटतम प्रतिद्धन्द्धी केसीले ३ हजार १ सय ८२ मत हाँसिल गर्नुभयो ।  यस्तै, पुर्वाञ्चलबाट उपाध्यक्षमा प्रजातान्त्रिक समुहका जनक पाण्डे ३ हजार ३ सय १ मत प्राप्त गर्दै निर्वाचित हुनभएको छ भने अन्य क्षेत्रमा प्रगतिशिल गणतान्त्रिक गठवन्धनले कब्जा जमाएको छ । उपाध्यक्ष पदमा मध्यमाञ्चलवाट टिकाराम भट्टराइले ३ हजार ५ सय ७४,पश्चिमाञ्चलवाट अनीता गुरुङले ३ हजार ३ सय ११, मध्यमश्चिमाञ्चलवाट पदम प्रसाद वैदिकले ३ हजार १ सय ९६ र सुदुरपश्चिमाञ्चलवाट राजेन्द्र वहादुर साउदले ३ हजार २ सय ६६ मत प्राप्त गर्दै विजयी हुनु भएको छ ।
 
महासचिवमा प्रजातान्त्रिक समुहका सुनिल कुमार पोख्रेलले ३ हजार ५ सय ५ मत प्राप्त गर्दै विजयी  हुनुभयो । उहाँका निकटतम प्रतिद्धन्द्धी प्रगतिशिल गठवन्धनका दिनमणी पोख्रेलले ३ हजार ५ सय ५ मत प्राप्त गर्नुभयो ।  कोषाध्यक्षमा प्रजातान्त्रिक समुहका मोहन इङनामले ३ हजार २ सय ४१ मत प्राप्त गर्नभयो । उहाँका निकटतम प्रतिद्धन्द्धी हरिन्द्र प्रसाद राईले २ हजार ९ सय १८ मत प्राप्त गनुभयो ।  
 
यस्तै, सदस्यहरुमा भने प्रजातान्त्रिक समुहले कब्जा जमाएको छ । सो समुहवाट गजेन्द्रशंकर तिमिला, गणेश प्रसाद अधिकारी, सागर विष्ट, प्रसन्नकृष्ण दास,बिनीता कार्की र लक्ष्मीदेवी दाहाल विजयी भएका छन् । यस्तै, प्रगतिशिल गणतान्त्रिक समुहवाट केदार प्रसाद कोईराला, सरस्वती श्रेष्ठ र राज्यलक्ष्मी बज्राचार्य विजयी भएका छन् । यो सँगै प्रगतिशिल गठवन्धनले अध्यक्ष, ४ उपाध्यक्ष र अन्य ३ सदस्य सहित ८ पद आफ्नो पोल्टामा पारेको छ । यस्तै, प्रजातान्त्रिक समुहले एक उपाध्यक्ष, महासचिव,  कोषाध्यक्ष र अन्य ६ सदस्य सहित ९ पदमा जित हाँसिल गर्दै वहुमत प्राप्त गरेको छ । 

 

Like us on Facbeook

Post Comments