जमिन मुनि साढे ५ किलो सुन

 
माघ ५, एजेन्सी
 
अस्ट्रेलियाको भिक्टोरिया राज्यमा एक व्यक्तिले जमिनमुनि गाडिएको अवस्थामा रहेको साढे ५ किलो सुन फेला पारेका छन् । भिक्टोरिया राज्यको बालाराट शहरका ती नाम नखुलाइएका व्यक्तिले मेटल डिटेक्टरको मद्दतवाट ६० सेन्टिमिटर मुनि गाडिएको सो सुन फेला पारेको बीबीसीले जनाएको छ । अंग्रेजी अक्षर वाई आकारमा रहेको सो सुनको टुक्रा १५ हजार डलर पर्ने बताइएको छ । स्थानीय एक सुन विशेषज्ञका अनुसार, दशकौ अघिदेखि सो क्षेत्रमा सुनको खोजी भइरहेपनि पहिलो पटक यति ठुलो परिमाणको सुन भेटिएको हो । 
 

Like us on Facbeook

Post Comments