विज्ञापन

दुर्घटनामा ५ जनाको मृत्यु

 
माघ ५, काठमाडौं
वीरगञ्जवाट काठमाडौ आउदै गरेको बस पृथ्वी राजमार्ग अन्र्तगत धादिङको पिडा गाविस २ बाङ्गेमा दुर्घटना हुंदा ३ जनाको मृत्यु भएको छ । ना ४ ख ६११७ नम्वरको सो बस सडकवाट ५० मिटर तल त्रिशुली नदीमा खसेको हो । विहान सवा ४ बजे भएको सो दुघर्टनामा अन्य ३१ जना घाइते भएका छन् । घाइतेहरुको धादिङ्गको गजुरी अस्पतालमा उपचार भइरहेको र केही गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौ पठाइएको हाम्रा सहकर्मीले जनाएका छन् । 
 
उता, उदयपुरको त्रिवेणीमा गएराति स ३ प २८२५ नम्वरको मोटरसाइकल अनियन्त्रित भई पल्टिदाँ एक जनाको मृत्यु भएको छ । मिर्चैयावाट कटारी जादै गरेको सो मोटरसाइकल दुघर्टनामा पछाडी सवार रामदेव शाहको मृत्यु भएको हो । मोटरसाइकल चालक दिपेश चौधरीको भने मिर्चैयाकै एक अस्पतालमा उपचार भइरहेको ट्राफिक प्रहरीले जनाएको छ । यसैगरी गएराती नवलपरासीको मुकुन्दपुरमा लु १ ख ६३२८ नम्बरको ट्रिपर र ना २२ प ८२९३ नम्बरको मोटरसाईकल ठोक्किदा मोटरसाइकल चालक मुकुन्दपुर ४ का ५२ बर्षिय बाबुराम थापाको घटनास्थलमै मृत्यु भएको छ । ट्रिपर चालक फरार रहेकाले उनको खोजी भईरहेको प्रहरीले जनाएको छ ।  
 

Like us on Facbeook

Post Comments