बेलायतमा पनि बढ्यो महिला हिंसा

 
माघ ५, एजेन्सी
 
बेलायतमा पनि महिला हिंसा अत्यधिक हुने गरेको एक सरकारी तथ्यांक सार्वजनिक भएको छ । बेलायतको न्याय मन्त्रालय, गृह मन्त्रालय र तथ्यांक विभागले गरेको संयुक्त अध्ययन प्रतिबेदनमा/बेलायतमा बलात्कारका घटना अत्याधिक हुने उल्लेख छ । सो प्रतिबेदनका अनुसार, बेलायतका दुइ मुख्य प्रान्त इंग्ल्याण्ड र वेल्समा हरेक वर्ष करिव ४ लाख ७३ हजार यौन अपराध हुने गर्दछ । यसमा पुरुष माथी हुने अपराधलाई समेत सामेल गरिएको भएपनि महिला माथी हुने अपराध बढी रहेको अधिकारीहरुले बताएका छन् ।
 
बेलायतमा हरेक वर्ष ६० देखि ९५ हजार बलात्कारका घटना हुने गरेको प्रतिबेदनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । अझै थुप्रै मामिला दर्ता नै नहुने गरेका कारण बेलायतमा महिला हिंसाका घटना अझ बढी हुन सक्ने अनुमान गरिएको छ । 
 

Like us on Facbeook

Post Comments