विज्ञापन

बन्दले आज पनि जनजीवन प्रभावित

 
फागुन २४, काठमाडौं
 
संघीय लोकतान्त्रिक मोर्चाले गरेको बन्दका कारण मुलुकभरको जनजीवन प्रभावित भएको छ । बन्दकर्ता बिहानैदेखि विभिन्न स्थानमा जम्मा भई प्रदर्शन गरिरहेको हाम्रा सहकर्मीहरुले जनाएका छन् । उपत्यकामा नीजी सवारीसाधन तथा बजारपसल फाट्टफुट्ट सञ्चालनमा आएपनि शैक्षिक संस्था ठप्प छन् । यस्तै, बिराटनगर, भैरहवा, कञ्चनपूर लगायत मुख्य शहरहरुमा पनि बन्दको पूर्ण प्रभाव रहेको हाम्रा सहकर्मीहरुले जनाएका छन् । चितवनको माडी महोत्सवलाई मध्यनजर गर्दै सो क्षेत्रमा यातायात सञ्चालन गर्न दिईएपनि अन्य क्षेत्रमा यातायात, बजारपसल तथा शैक्षिक संस्था बन्द छन् । प्रहरीले बन्द गराउदै हिड्ने केहीलाई राजधानीको नयाँबानेश्वर, कोटेश्वर र कमलपोखरीबाट पक्राउ गरेको छ । 
यसैबीच बन्दकर्ताले काठमाडौको बिजुली बजारमा माउण्टेन टेलिभिजनको गाडी तोडफोड गरेका छन् । मोर्चाले तत्काल संविधानसभाको स्वतन्त्र, निष्पक्ष तथा तटस्थ निर्वाचन तथा अबिलम्ब चुनावी सरकार गठनको माग गरेको छ । 
 

Like us on Facbeook

Post Comments